आईसीसी विश्वकप लिग टू: पीएनजी युएईसंग पराजित  


हरेकपल March 15, 2023

आईसीसी विश्वकप लिग टू अन्तर्गत  त्रिकोणात्मक एक दिवसीय सिरिजमा युएईलाई  पपुवा न्युगिनी पीएनजीलाई ६ विकेटले हराएको छ ।  

जितका लागि पाएको २३५ रनको लक्ष्य युएईले ३८ दशमलब ४  ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्यो  । जसमा कप्तान मोहम्मद वासिमले शतक प्रहार गरे ।   उनी ११९ रनमा आउट भए । 

पीएनजीका रिले हेकुरेले २ विकेट हात पारे । 

यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतीमा २३४ रन बनायो । जसमा कप्तान अशाड भालाले अर्धसतकीय पारी खेल्दै ६५ रन बनाए ।  
युएईका हजरत   बिलालले ४ विकेट हात पारे ।  


जितसंगै युएईले ३५ खेलबाट युएई ३३ अंक जोडेर छैटौं स्थानमा छ ।

विश्वकप लिग टूको तालिकामा पीएनजी सातौं अर्थात पुछारमा रहेको छ ।  

उसको  ३६ खेलबाट   ११ अंक  मात्रै छ ।