भुवनेश्वर, भारत । कलिंग साहित्य महोत्सवको अवसरमा भारतको भुवनेश्वरस्थित स्वस्ति होटेलमा एक समारोहका बिच साहित्यकार रन्जना निरौलाको अङ्ग्रेजी कवितासङ्ग्रह ‘द रिदम अफ पेन’ लोकार्पण गरिएको छ ।
कलिंग साहित्य महोत्सवका निर्देशक रश्मि रन्जन पारिदा, हिमान्सु शेखर, गीतिका कोहली, कस्तुरिका तथा नेपालका वरिष्ठ साहित्यकार तुलसी दिवस, दिनेश अधिकारी र रन्जना निरौलाले सामूहिक रूपमा कविता कृतिको विमोचन गर्नुभएको थियो ।
वितास्ता पब्लिकेसन दिल्लीबाट प्रकाशित ‘द रिदम अफ पेन’ कविता सङ्ग्रह अमाजन इंडिया र फ्लिप्कार्ट अनलाइनमा उपलब्ध छ । कविता सङ्ग्रहको बजार मूल्य १९९।– भारु. रहेको छ ।
