सुनको मूल्यकाे ऐतिहासिक रेकर्ड, प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ


हरेकपल March 19, 2023

काठमाडाैं । सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएकाे छ । आज सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड बनाएकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँको उच्च विन्दुमा कारोबार भइरहेको छ । तेजाबी सुन पनि यस दिन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ ।