साइनो आमासँगको


हरेकपल April 2, 2023


लक्ष्मण बि सी:

“आमा”यो शब्द सुन्दा मन त्यसै आनन्ंद भएर आउँछ। “आमा” आखिर को हुन त आमा? हाम्रा निम्ति ज्यान दिने, आफू भोकै बसेर हामीलाई पेट भराउने, आफ्ना सन्तानलाई सम्झी जीवनभर आँसु बगाउने देवी हुन आमा ।
आमा – बुवा सन्तानले धर्तीमा जन्म लिन्छ अनि रुन थाल्छ,अनि उसको पहिलो बोली आउँछ “आमा” आफ्नो सन्तानले आफूलाई आमा भनेर पुकार्दा त्यी आमालाई कति खुसी लाग्छ त्यो आमालाई मात्र थाहा हुन्छ ।एउटी नारी जब विवाह गर्छिन अनि आफ्नो सन्तानलाई जन्म दिन्छिन अनि बुज्छिन की आमा भन्ने शब्द कस्तो रहेछ भनेर ।
हामीले जाने अनुसार शास्त्रमा आमालाई पिताभन्दा धेरै माथिको संज्ञा दिइएको छ ।संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ, गरिएको पाइन्छ ।
हाम्री आमा उनै हुन जसले हामीलाई संसार देखाइन, गर्भमा राखेर पीडा सहिन र काखमा राखेर पालन पोषण गरिन ।सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा इच्छा, चाहना समेत पूरा गर्दै आफूले दुःख भोगिन र हामीलाई दुःख लुकाएर भएपनि मायाले हुर्काइन ।
आमा उनी हुन जो आफ्नो सन्तान रुँदा मुस्कुराउँदै हामीलाई फुलाउँछिन । गर्भमा रहँदा पनि कतै आफ्नो सन्तानलाई कष्ट भयो कि भन्दै पीडामा हुन्छिन आमा ।
आफ्नो सन्तान हुर्कदै छ, आमालाई धेरै चिन्ता हुन्छ सन्तानको, जब आमा आफ्नो सन्तान बाट टाढा हुन्छिन उनी कहिले खुसी हुदिनन ।
कसैले धेरै सफलता पाउँछ भने त्यो सफलतामा धेरै खुसी हुने आमा नै हो। आफ्नो सन्तानले पाएको सफलतामा त्यी आमा धेरै नै खुसी हुने गर्दछिन । चाहे आफ्नो सन्तानले आमालाई माया नगरोस तर त्यी आमा आफ्नो सन्तानका लागि भगवानसँग प्रार्थना गर्छिन की मेरो सन्तानलाई सधैं सुख शान्ति समृद्धि प्राप्त होस, उसलाई कहिले दुःख कष्टको समय नआओस ।
हाम्रो पहिलो गुरु नै हाम्री आमा हुन । र हाम्रो पहिलो सिकाइ पनि आमा नै हुन । जो हामीलाई सबै कुरा सिकाउँछिन । हामीलाई अन्धकारमा उज्यालो ज्योती दिने पनि आमा नै हुन ।
यो पल सम्झदा सायद कसैको पनि आँखा बाट आँसु नआउला भन्न सकिन्न। आफ्नो सन्तानलाई पुग नपुग खुवाइसकेपछि रित्तो भाडोमा पानी खन्याउँदै मलाई त भोक छैन आज भनेर भोकै सुत्ने त्यी देवी हाम्रै आमा हुन । आफ्ना सन्तानको खुट्टामा काँडाले घोच्दा जसको मुटुमा चस्स पोलछ नी तिनै हुन हाम्री आमा ।
आमा पृथ्वी हुन,आमा प्रकृति हुन ।आमा शब्दको आफ्नै गरिमा र महिमा रही आएको छ । आमा भन्दा ठूली, आमा भन्दा राम्री कोही छैन संसारमा । हरेककी आमा मेरी आमा । वास्तवमा आमा, आमा नै हुन । आमा साक्षात भगवान हुन । समाजमा आमाको कोही कसैसँग तुलना गर्नै सकिँदैन । संसारमा एक पटक मात्र पाइने कुरा भनेको आमा मात्र हो ।
आमा संसारकी बिलय नहुने, जो सँदा सर्वदा अमर रहीरहन्छिन । कुरा बुझ्ने, कमजोरी सहने, गुण देख्ने, माया प्रेम दिने, सुख दिने, शान्ति दिने, जे पनि गरिदिने, मायाकी खानी, दयाकी प्रतिमूर्ति, संसारकी सबैभन्दा प्यारी आमा हुन ।आमा जसले सन्तानको हर दुःख र पीडा सहज अनुभूत गर्न सक्दछिन । हो पनि आमाको माया बुझ्न लाखौं कोश यात्रा गर्नु पर्दछ। त्यस्तै जन्मेको ठाउँ पनि अत्यान्त महत्वपुर्ण हुन्छ त्यसै ठाउँले मान्छेलाई विभिन्न संस्कार, मुल्य, मान्यता, व्यवहारिक ज्ञान, जीवनशैली, जीवन संघर्षको पाठ, आचरण, नैतिक ज्ञान, सामाजिक(सांस्कृतिक ज्ञान, विभिन्न आधारभुत ज्ञान ,जीवन जिउने तरिका , विभिन्न सिप, कला , आत्मज्ञान , जीवन र जगत बारे साक्षात्कार गर्ने अवसर समेत प्रदान गरेको हुन्छ ।
जीवनमा सबैभन्दा खुसी आमाकै काखमा मिल्छ। आमाले जस्तो सुकै पीडा सजिलै टार्न सक्छिन तर आफ्नो सन्तान गुमाएको पीडा उसलाई असह्य हुन्छ। सबैभन्दा बढी रोदन आमालाई सन्तान गुमाउनुमा हुन्छ। त्यतिबेला एक अबला आमालाई यस्तो लाग्दो हो, कालले सर्वस्व हरोस, बरु मलाई नै हरोस तर मेरो सन्तानलाई केही नहोस ।
सायद आमाले दिएको मायाले होला, कतै चोट पर्दा पनि पहिलो सब्द आमा नै उच्चारण आउँछ। खुट्टामा काँडाले घोच्दा होस या कुनै पीडामा हुँदा होस एक सन्तानले आमाकै नाम जप्छ ।
त्यसैले आमा एक आमा मात्र होइनन,ईश्वरीय रुप हुन ।एक लेखकले त्यसैले क्या खुब सुन्दर भने, भगवान चारैतिर आउन सक्दैनन, त्यसैले भगवानले आमा पठाए।
हामी भगवान खोज्न मन्दिर जानु पर्दैन ।आमाको चरण ढोगे पुग्छ। धर्म गर्न कुनै दान गर्न पर्दैन, आमालाई खुसी राखे पुग्छ ।चार धाम, सबै तीर्थ आमामै गएर समाहित भएका छन। तेत्तीसकोटी देवताको सारा शक्ति आमाकै आशिर्वादबाट प्राप्त हुन्छ। आमाको चरण स्पर्शबाटै स्वर्गको द्वार खुल्दछ। आमालाई गरिने सम्मान, माया नै हरेक संकटको मोचन हो। आमाको आशिर्वाद छ भने सब थोक छ
यदि आमाको आँखामा आँसु छ भने जिन्दगी भया’वहपूर्ण हुन्छ। कुनै सन्तानले आफ्नो कारणले आँसु दिलायो भने त्यो सन्तानले रगतको आँसुको सामना गर्नुपर्दछ। ९ महिना बोकेको भारीको अक्षम्य पा’प लाग्दछ। दश धारा दूधको श्रा’प लाग्दछ। आमालाई पीडा र दुःखमा होम्ने सन्तानले परलोकमा पाइला टेक्न समेत ठाउँ पाउँदैन।

लेखक: सामुदायिक रेडियो मेलौली एफ एम १०१.२ मेगाहर्ज मेलौली बैतडीका स्टेशन म्यानेजर हुनुहुन्छ ।