नगेन्द्रराज शर्माका तीन मुक्तक


हरेकपल April 8, 2023

  • नगेन्द्रराज शर्मा

।।१।।
ज–जसले ज्यादा दान, इनाम वा उपहार दिन्छन्
तिनको नियतमा ध्यान दिनुपर्छ
नपत्याए जाँचेर हेर यहाँ
यहाँ एउटा कात्रो पाउन पनि ज्यान दिनुपर्छ ।

।।२।।
कविता उस्तो जम्दैन अचेल, तैपनि लेख्दैछु, केर्दैछु
यिनै कविता सुनाएर मुखको स्वाद फेर्दैछु
मलाई मनपर्ने अनुहार त धेरै छन् यस जमघटमा
मलाई पनि कसैले मनपराइहाल्छ कि ?– हेर्दैछु ।

।।३।।
मैले मात्र हैन, मजस्ता धेरैले तिमीलाई बदनाम बनाए,
वास्तविकता त यौटै थियो, हल्ला अनेक अनेक आए
कस–कसको नाम लिऊँ, कस–कसको नाम नलिऊँ –
जस–जसले तिमीलाई देखे, सबैले बेग्लाबेग्लै कहानी बनाए ।
०००