काठमाडौँ । बिम्ब आर्टस् को दुई महिने साहित्यिक कार्यक्रम ‘उत्सव’को पहिलो श्रृङ्खला मण्डला थिएटरमा डा. निरज भट्टराईको एकल गजल वाचन गरी सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गजल साहित्यमा अत्यन्त लोकप्रिय विधा भएको चर्चा गर्दै यसले पहिलाको प्रेमिकासँगको संवादको परिभाषा बदलेर अहिले समाजको परिवर्तनमा पनि भूमिका खेल्न थालेको बताउनुभयो । उहाँले उत्सव कार्यक्रमको सफलताको कामना गर्दै यसका लागि रु. ५०,०००।–(अक्षेरेपी पचास हज्जार रुपैयाँ) सहयोग स्वरुप प्रदान गर्नुभयो ।

कार्यक्रममा गजलकार निरज भट्टराईले आफूले विधिन्न समयमा लेखेको डेढ दर्जन गजल वाचन गर्नुभएको थियो । भट्टराईले अचेल गजलले मदिरापान गर्नेभन्दा पनि निमका तीता पात चपाउने गरेका छन् भन्दै आफूले गजल लेख्दा विषय र साहित्य तत्त्वमा बढी ध्यान दिने गरेको बताउनुभयो ।
‘उत्सव’ कार्यक्रमको परिकल्पनामा विशेष लागिपर्नुहुने गजलकार तथा कलाकार संगीता थापाले हरेकपलन्युज डट कमलाई कार्यक्रमको सफलताले हौसला प्राप्त भएको र आगामी दिनमा कार्यक्रमलाई अझ आकर्षक र गुणस्तरीय बनाउने बताउनुभयो ।
कार्यक्रममा चलचित्रका नायक दयाहाङ राईदेखि, रङ्गमञ्च, गायन, लेखन, खेलकुद, चिकित्सा आदि विविध क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो ।
…