चार मुक्तक


हरेकपल June 3, 2023

  • लक्ष्मी उप्रेती

।।१।।
विश्वासपात्र भन्नेले पछाडिबाट छुरा धस्छन्
भेट हुँदा थाहै नपाई विष छर्दै पूरा डस्छन्
जताभावी भ्रष्टाचारले देश नै थला परिसक्यो
अस्तित्वकै लेपमा मान्छे एकदिन आफै खस्छन् ।

।।२।।
पिउनेहरूलाई थाहा छ, नशा सराबमा हुन्छ
बाँचुन्जेल मानिसको जिन्दगी धरापमा हुन्छ
यति कुरा त अन्दाज गर्न पनि सकिन्छ प्रिय
हावासँग उड्ने सुगन्ध फूलको रागमा हुन्छ ।

।।३।।
मनको दह उम्लिएर छचल्किँदै पोखिन्छ
दुखे पनि हाँस्छु भन्दा तरेलीमा रोकिन्छ
जीवनको अर्थ बुझ्न सजिलो हुन्न रैछ
पापीहरूको जिन्दगानी कहाँ पो चोखिन्छ ?

।।४।।
आफ्नो डम्फु बजाउदै साधु हुन खोज्छन् मान्छे
दाउपेचको बजारमा ब्रह्मलुट मात्र सोच्छन् मान्छे
भ्रष्टाचारी, माफियाको लुटकै हुन्छ व्यापार धन्दा
देश बेच्ने दुष्ट पापी दम्भ गर्दै खोक्छन् मान्छे ।