- शेखर गिरि
उहिले उनीहरू भन्थे–
संसद खसीको टाउको देखाएर
कुकुरको मासु बेच्ने थलो हो ।
अहिले खोई कुन मासु हो कुन्नि !
कसौडीमा पक्कु लगाउँदै छन्
कराही–कन्तीमा मुटु–कलेजो–भित्र्याँस
परपरती भुटीभुटी
भुटनको सितन भन्दै हारालुछ गर्दैछन्
कसौडीमा पकाएको पक्कु
हानाथाप गर्दै डाडुले भाग लगाउँदै छन् ।
कोही– कोही त –
तीनचारचोटिसम्म पनि थपीथपी
मुख मिठ्याई– मिठ्याई स्वाद लिँदै खाइरहेका छन्
धेरैजसो त –
औधी मीठो भन्दै संसदमा समर्थनमा टेबुल ठोक्ने
सांसद भएका छन् ।
…