काठमाडौं । आजदेखि सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।
सबै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ । नेपालले आफ्नो क्रिकेट इतिहास मै उच्च टोलीसँग प्रतिस्पर्धा गर्न लागेकाे याे पहिलाे पटक हाे । पाकिस्तानसँग आज खेल खेल्ने नेपालले भदाैं १८ गते भने भारतसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टाेली विश्वकप क्रिकेट बिजेता टाेली हुन् ।
पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ ११
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद (विकेटकिपर) र मौसम ढकाल ।