आज सोमबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ आषाढ १६ गते


हरेकपल July 1, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको १६ गते सोमबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ कृष्णपक्षको चतुर्दशी तिथि राति २।२८ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । रोहिणी नक्षत्र बिहान ८।५३ बजेसम्म रहनेछ । आज गण्ड योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१३ मा छ भने सूर्यास्त बेलुका ७।०२ बजे हुनेछ ।

चन्द्रमा आज वृष राशिमा छन् । आज सोमबार शिवजीको उपासनासँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी आज चतुर्दशी तिथि समेत रहेकाले आज शिवजीको उपासना, जल अर्पण एवं वेपत्र अर्पण पनि शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५