सबैको प्रिय कसरी बन्न सकिन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल July 1, 2019

को हि भारः समर्थानां किं दूर व्यवसायिनाम् ।
को विदेश सुविद्यानां को परः प्रियवादिनम् ।। – चाणक्य

सामथ्र्यवान् व्यक्तिलाई कुनै पनि कुरा भारी लाग्दैन । यसैगरी व्यवसायका निम्ति नजिक र टाढाको कुनै भेद रहँदैन । राम्रो विद्या आर्जन गरेकालाई देश विदेशको कुनै भेद रहदैन भने प्रिय बोल्नेका निम्ति कोही पनि शत्रु हुँदैनन् ।

संसारमा असम्भव भन्ने केही कुरा पनि छैन । गर्न सक्ने सामथ्र्यवान् व्यक्तिका लागि हरेक कुरा सम्भव हुन्छन् । यसैगरी व्यवसायीले नजिक र टाढाको भेद गर्दैनन् । जहाँ भए पनि आफ्नो व्यापारलाई पुर्यनएकै हुन्छन् । यसैगरी राम्रो विद्या आर्जन गर्नेका निम्ति देश र विदेशमा कुनै भिन्नता रहँदैन । जहा रहे पनि उत्तिकै मान सम्मान प्राप्त् गर्दछन् । यसैगरी मीठो बोली वचन हुनेका कोही पनि शत्रु रहँदैनन् । सबैमा मीठो बोलीवचन गर्नेका कोही पनि शत्रु हुँदैनन् भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –