आजदेखि दैनिक २१ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने


हरेकपल July 1, 2019

 

काठमाडौं, १६ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा सञ्चालन हुने भएको छ । दिनमा १० घण्टा विमानस्थल बन्द गरी धावनमार्गको कालोपत्रे परिवर्तनको काम भर्खरै सकिएपछि आजदेखी २१ घण्टा सञ्चालनमा आउने भएको हो ।

भदौ १५ देखि पुस १५ सम्म भने विमानस्थल आठ घण्टा बन्द हुने त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । चैत १८ गतेबाट सुरू भएको ३ हजार ५० मिटर लामो धावनमार्गको कालोपत्रे फेर्ने काममा दैनिक ९० जना कामदार परिचालन भएका थिए । यसअघि धावनमार्ग कमजोर हुँदा वर्षाको समयमा बिचरा पर्ने गरेको थियो ।