श्रम शक्ति नै राष्ट्रको शक्ति


हरेकपल July 1, 2019

-विजय राई-

धनकुटा । राजनैतिक परिवर्तनको लागी नेतृत्व गरेको नेपालको मजदुर आन्दोलनले अब मुलुकमा भैरहेको आर्थिक क्रान्तिको पनि नेतृत्व गर्नु पर्ने भन्दै नेपाल ट्रेड युनियन कांग्रेसको प्रदेश कार्य समितिको बैठक तथा क्षमता विकास तालिम हिजो धनकुटाको भेडेटारमा सम्पन्न भएको छ ।

धनकुटको पर्यटकीय स्थल भेडेटारमा भएको क्षमता विकास तालिममा नेपाल टे«ड युनियन कांग्रेसका १ नम्वर प्रदेशका अध्यक्ष नारायण बाबु कार्की,नेपाली कांग्रेस धनकुटका सचिव तथा नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि विजय सन्तोषी राई, उदयपुरका अध्यक्ष केदार कटुवाल लगायतले श्रम शक्तिनै राष्ट्रको शक्ति भएको बताउनु भएको छ । उहाँहरुले मुलुकको राजनैतिक परिवर्तनमा श्रमीकहरुले नेतृत्व गरेकोले अब आर्थिक क्रान्तिको समेत नेतृत्व गर्नु पर्नेमा जोड दिनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेस धनकुटका अध्यक्ष विगेन्द्र याक्खाको अध्यक्षतामा भएको तालिममा १ प्रदेश प्रदेशका अध्यक्ष नारायणबाबु कार्कीले सार्वजानिक सेवा क्षेत्रको विषयमा र नेपाल टे«ड युनियन कांग्रेस मोरङ्ग अध्यक्ष सुशिल कोईरालाले श्रम ऐनको बारेमा सहजीकरण गर्नुभएको थियो । यस कार्यक्रमको संचालन नेपाल टे«ड युनियन कांग्रेस १ नम्वर प्रदेशका कोषाध्यक्ष मुराली आर्चायले गर्नुभएको होे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका १ नम्वर प्रदेशका उपाध्यक्ष पंक्षी वाईबा,सहसचिव सुमन अधिकारी,प्रदेश महिला समितिका संयोजक सुनिता घिमिरे ,नेपाल टे«ड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञ प्रताव अधिकारी,संखुवासभाका अध्यक्ष रितेश लिम्बु,नेपाल शिक्षक संघका १ नम्वर प्रदेशका अर्थ महासचिव राम कुमारी भण्डारी,धनकुटाका जिल्ला अध्यक्ष धिरेन्द्र वहादुर लिम्बु,सहसचिव भोला भट्राई,नेपाल टे«ड युनियन कांग्रेस धनकुटका वरिष्ठ उपाध्यक्ष कुल प्रसाद दाहाल,महिला उपाध्यक्ष रेविका वराल,सचिव झमक कटुवाल,सहसचिव दिपकला तामाङ्ग,दामोदर सुवेदी,नेपाल शिक्षक संघ धनकुटका पूर्व सचिव घनेन्द्र सुब्बा,सदस्यहरु विनोद सुवेदी,हरी नारायण शाह,इश्वरी सुवेदी,कमल लिम्बु, लगायतले समेत श्रमको सवैले सम्मान गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

यसैगरी नेपाल टे«ड युनियन कांग्रेसका १ नम्वर प्रदेशका अध्यक्ष नारायणबाबु कार्कीको अध्यक्षतामा भेडेटारमा भएको बैठकले नेपाल ट्रेड युनियन कांग्रेसलाई अझ सशक्त बनाउदै विभिन्न कार्यक्रमहरु संचालन गर्ने लगायतका महत्वपूर्ण विभिन्न निर्णयहरु गरेको छ ।