आज औँसी तिथि, कास्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७६ आषाढ १७ गते


हरेकपल July 2, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको १७ गते मंगलबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ कृष्णपक्षको औँसी तिथि राति १।३ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मृगशिरा नक्षत्र बिहान ८।३२ बजेसम्म रहनेछ । आज वृद्धि योग र चतुष्पाद करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१३ मा छ भने सूर्यास्त बेलुका ७।०२ बजे हुनेछ ।

चन्द्रमा आज मिथुन राशिमा छन् । आज आषाढ कृष्णपक्षको औँसी तिथि हो । औँशीका दिन पितृलोकमा मध्याह्न हुने गर्दछ । त्यसैले आज पितृकानिम्ति गरिने कार्य शुभ रहन्छन् । पितृतीर्थश्राद्ध, दान, तर्पणका साथै ब्राह्मण भोजन आज उत्तम रहन्छ । देवकार्य भन्दा पनि पितृकार्यका निम्तित आज उत्तम दिन हो ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५