आजको राशिफल २०७६ आषाढ १७ गते, मंगलबार


हरेकपल July 2, 2019

मेष राशिः भौतिक वस्तुबाट लाभ रहनेछ, कार्य उन्नति साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

वृष राशिः मित्र सुख रहनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छ ।

मिथुन राशिः धार्मिक कार्यमा मन जानेछ, मिष्ठान्न लाभका साथै दिन रमाइलो रहनेछ ।

कर्कट राशिः आर्थिक अस्थिरता रहनेछ, शत्रु पक्ष सबल रहनुका साथै कार्यमा कठिनाइ आउने देखिन्छ ।

सिंह राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, मित्र लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः मित्रलाभ हुनेछ, आय बढ्नुका साथै सुखद् यात्राका योग देखिन्छन् ।

तुला राशिः प्रिय लाभ हुनेछ, कीर्ति वृद्धिका साथै मनमा प्रशन्नता रहनेछ ।

वृश्चिक राशिः खर्चमा वृद्धि हुनेछ, खर्च बढ्नुका साथै शारीरिक आलश्यता रहने देखिन्छ ।

धनु राशिः पराक्रम बढ्नेछ, मित्र सुखका साथै व्यवसायमा सफलता मिल्ने देखिन्छ ।

मकर राशिः पारिवारिक सुख मिल्नेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कुम्भ राशिः अध्ययनमा रुचि जाग्नेछ, आय बढ्नुका साथै मनमा प्रशन्नता रहनेछ ।

मीन राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५