हामी किन परोपकारी हुनुपर्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल July 2, 2019

पिबन्ति नद्यः स्वयमेव नाम्भः स्वयं न खादन्ति फलानि वृक्षाः ।।

नादन्ति सस्यं खलु वारिवाहा परोपकाराय सतां विभूतयः ।। –संस्कृत सुभाषितम्

नदी स्वयं पानी पिउँदैनन्, अरुकै तिर्खा मेटाउन नदी निरन्तर बगेका हुन् । यसैगरी वृक्षले फल पनि स्वं खानका लागि उत्पादन गरेका होइनन् । परोपकारकै निम्ति वृृक्षले पल फलाउँछन् । यसैगरी अन्न पनि परेपकारकै निम्ति फलेका हुन् । त्यसैले हामी पनि परोपकारी बन्नुपर्छ ।

यो संसार परोपकारकै निम्ति सृजना भएको हो । सम्पूर्ण प्रकृति जगत्ले निरन्तर परोपकार गरिहेका छन् । नदीले जल दिएर, वृक्षले फल दिएर अन्न जीवन दिएर यो संसारी चक्रकलाई चलाइरहेका छन् । अतः हामी पनि स्वार्थ छाडी परोपकारमा लाग्नुपर्छ भन्ने नीति वचन मननीय छ ।
– नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –