साझा यातायातले अब बिजुलीबस सञ्चालन गर्ने


हरेकपल July 1, 2019

असार १६, काठमाडौं । साझा यातायातबले अब जिुलीबाट चल्ने वस सञ्चालन गर्ने भएको छ । प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालीबीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भएसँगै बिजुलीबस चल्लने पकका भएको हो ।

आज एक कार्यक्रमका बीच समझदारी पत्रमा हस्ताक्षर भयो । कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् ।

कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै ठाउँमा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिए । इन्धनबाट चल्ने भन्दा विद्युतिय बस सस्तो हुने भएको कारण पनि यसमा ध्यान दिनुपर्ने उनले बताए ।