स्कुल बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु, स्थानीय आन्दोलित


हरेकपल July 2, 2019

काठमाडौं, १७ असार । आज बिहान स्कुल बसको ठक्करबाट काठमाडौंमा एक बालिकाको मृत्यु भएको छ। नवज्ञानभूमि स्कुलको बसले बुढानिलकण्ठको पासिकोटमा बिहान १० बजे तीन वर्षीया सुदिप्ती परियारलाई ठक्कर दिएर घाइते बनाएको थियो।

महानगरीय प्रहरी परिसरकाअनुसार उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पताल लगिएकी सुदिप्तीको उपचारका क्रममा मृत्यु भएको हो । सुदिप्तीलाई ठक्कर दिएको स्कुल बसका चालक फरार रहेको प्रहरीले जनाएको छ। सुदिप्तीको मृत्यु भएपछि अहिले स्थानीयबासीले स्कुल अगाडि प्रदर्शन गरिरहेका छन्।