श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको १८ गते बुधबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको प्रतिपदा तिथि राति ११।१७ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । आद्र्रा नक्षत्र बिहान ७।४७ बजेसम्म रहनेछ । आज धु्रव योग र किंस्तुघ्न करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१४ मा छ भने सूर्यास्त बेलुका ७।०२ बजे हुनेछ ।
चन्द्रमा आज मिथुन राशिमा छन् । आजबाट आषढ शुक्लपक्षको आरम्भ भएको छ ।
शुक्लपक्षका आकाशमा चन्द्रमाको उज्यालो भाग क्रमशः वृद्धि हुँदै जान्छ र पूर्णिमामा पूर्ण हुन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५