आजको राशिफल २०७६ आषाढ १८ गते, बुधबार


हरेकपल July 3, 2019

मेष राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य उन्नतिका साथै आर्थिक लाभ रहनेछ ।

वृष राशिः गृह सुख मिलनेछ, धन लाभका साथै सामाजिक कार्यमा मन जानेछ ।

मिथुन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

कर्कट राशिः कार्यमा अवरोध रहनेछ, मित्र भयका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

सिंह राशिः आयमा वृद्धि हुनेछ, मित्र सुखका साथै सुखद् यात्राको योग देखिन्छ ।

कन्या राशिः आर्थिक उन्नति हुनेछ, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

तुला राशिः मित्र सुख रहनेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

वृश्चिक राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै दिन संघर्षमय रहने देखिन्छ ।

धनु राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, मित्र सुखका साथै अध्ययनमा सफलता मिल्ने देखिन्छ ।

मकर राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, कार्य लाभका साथै व्यवसायमा सफलता मिल्ने देखिन्छ ।

कुम्भ राशिः धार्मिक कार्यमा मन जानेछ, मित्र सुखका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मीन राशिः शारीरिक आलश्यता रहनेछ, कार्य अवरोधका साथै मनमा चपलता रहने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५