धनी कसरी बन्न सकिन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल July 3, 2019

मूर्खाः यत्र न पूज्यन्ते धान्यं यत्र सुसंचितम् ।
दाम्पत्योः कलहो नास्ति तत्र श्री स्वयमागता ।। – चाणक्य

जहाँ मूर्ख व्यक्तिको सम्मान हुँदैन, अन्नले भरिपूर्ण हुन्छ र पति पत्नीबीच कलह हुँदैन त्यहाँ स्वयं लक्ष्मी आउछिन् ।

धन भनेकी लक्ष्मी हुन् । सबैका घरमा लक्ष्मी आउन चाहन्छिन् तर मार्ग सहज हुन नसक्दा धनको वर्षा हुन नसकेको हो भन्ने चाणक्यको अभिमत रहेको छ । त्यसैले आफ्नो घरमा धन लक्ष्मी भित्र्याउन सर्वप्रथम मूर्खव्यक्तिबाट टाढा रहनु पर्छ भनिएको छ । मुर्खव्यक्तिको सम्मन गर्ने घरमा लक्ष्मी प्राप्त हुदैन । यसैगरी घरमा अन्न छैन भने पनि लक्ष्मीको वास हुन सक्दैन भनिएको छ । यसैगरी धन वर्षाका निीम्त अर्को शर्त भनेको पारिवारिक शान्ति हो । पति पत्नीबीच झगडा भइरहने घरमा पनि धन वर्ष हुन सक्दैन । अतः धन वर्षका निम्ति मूर्खव्यक्तिलाई त्यागी, घरमा अन्न भण्डारण गरी कलहरहित परिवार राख्न सकियो भने धनको वर्षा हुन्छ भन्ने चाणक्यको नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –