लोकसेवामा ४ लाख ४१ हजार बढीको आवेन


हरेकपल July 3, 2019

 असार १८, काठमाडौं । स्थानीय निकायका लागि लोकसेवाले खुलाइको विज्ञापनमा प्रकाशित विज्ञापनमा ४ लाख ४१ हजार १ सय ४१ जनाले आवेदन दिएका छन् । ९ हजार १ सय ६१ पदका लागि गरेको विज्ञापन माग भएको थियो ।

आवेदन दिनेमा १ लाख ३ हजार ५ सय ६७ जना महिला, ४३ हजार ३ सय २० जना आदिवासी जनजाति, २४ हजार ९० जना मधेसी, ३ हजार ९१ जना दलित, १ सय ४६ जना अपांग र १ सय १६ जना पिछडिएका क्षेत्रका आवेदनकर्ता रहेका छन् ।

दोब्बर दस्तुर तिरेर आवेद गर्ने मिति मंगलबार राति १२ बजे सकिएको थियो ।

आयोगको विज्ञापन समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था समितिले विज्ञापन रोक्न निर्देशन नै दिए पनि आयोगले विज्ञापन रोकेको छैन । विभिन्न संघ संस्थाले विज्ञापनको विरोधमा सार्वजनिक प्रदर्शनसमेत गरेका छन् ।