श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको १९ गते बिहीबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको द्वितीया तिथि राति ९।१३ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पुनर्वसु नक्षत्र बिहान ६।४२ बजेसम्म रहनेछ । आज व्याघात योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१४ मा छ भने सूर्यास्त बेलुका ७।०२ बजे हुनेछ ।
चन्द्रमा आज मिथुन राशिमा छन् । आज बिहीबार दुर्गा भगवतीको उपासासँगै पहेला वस्तुको प्रयोग शुभ रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५