मान्यजनलाई ढोग नमस्कार किन गर्नुपर्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल July 4, 2019

अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः ।
चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशोबलम् ।। –नीति सूक्ति

मान्यजनलाई अभिवादन गर्ने, वृद्धको सेवा गर्ने व्यक्तिको आयु, विद्या, यश र बलको वृद्धि  हुन्छ ।

मान्यजनको आदर सत्कार गर्नु हाम्रो कर्तव्य हो । नित्य मान्यजनबाट आशीर्वद पनि लिन सक्नु पर्दछ जुन असल व्यक्तिका गुण अन्तर्गत पनि पर्दछ । यसैगरी मान्य व्यक्तिलाई अभिवादन र वृद्धिजको सेवा गर्ने व्यक्तिको आयु, विद्या, यश र बलको पनि वृद्धि हुन्छ । सेवाभाव निरन्तर पुस्तान्तर रहने भएकाले व्यक्ति खुसी रहन्छन् जसले आयु वृद्धिमा मद्दत गर्दछ । यसैगरी मान्यजनले दिएको मार्गदर्शन नै ज्ञान हो । जसको प्रयोगले विद्याका क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ । यसैगरी मान्यजनको सेवा गर्नाले बलको पनि वृद्धि हुन्छ भन्ने नीति वचन मननीय छ ।

नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –