पत्रकार अभिमुखिकरण तालिम भेडेटारमा सम्पन्न


हरेकपल July 4, 2019

-विजय राई-

धनकुटा । धनकुटाको पर्यटकीय स्थल भेडेटारमा संचालन भएको दुई दिने पत्रकार अभिमुखिकरण तालिम हिजो सम्पन्न भएको छ ।नेपाल प्रेस युनियन सुनसरी शाखाको आयोजना र इनरुवा नगरपालिकाको सहयोगमा धनकुटाको पर्यटकीय स्थल भेडेटारमा संचालन भएको पत्रकार अभिमुखिकरण तालिम समापन गर्दै नेपालीकांग्रेस १ नम्वर प्रदेश सभाका संसदीय दलका नेता राजिव कोईरालाले प्रेस स्वतन्त्रता र लोकतन्त्र एक अर्काका पुरुक भएको वताउनु भएको छ । तालिमको उद्घाटन इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले गर्नु भएको थियो ।

तालिममा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल,नेपालपत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेल,नेपाल प्रेस युनियनका प्रदेश नम्वर १ का संयोजक लिलाबल्लभ घिमिरेले सहजिकरण गर्नु भएको थियो ।नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष धनवहादुर पुरीको अध्यक्षतमा संचालन भएको पत्रकार अभिमुखिकरण कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का,पूर्व अध्यक्ष कृष्ण अधिकारीले मन्तव्य व्यक्तगर्दै प्रस्तावित मिडिया काउन्सिल विधेयकलाई परिमार्जन नगरी पास गरे प्रेस स्वतन्त्रता कायम हुन नसक्ने वताउदै पत्रकारहरुले प्रेस स्वतन्ता र आफ्नो क्षमता अभिवृद्धीका लागी अभियान संचालन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रेस युनियन सुनसरीका उपाध्यक्ष संजिव वाग्लेले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सहसचिव उषाकिरण घिमिरेले गर्नु भएको थियो ।अभिमुखिकरण कार्यक्रममा ३५ जना िक्रयाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।