आज शुक्रबार, शुभबिहानी सहित हेर्नुहोस् आजको दिन २०७६ आषाढ २० गते


हरेकपल July 5, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको २० गते शुक्रबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको तृतीया तिथि बेलुका ६।५७ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । तिष्य नक्षत्र बिहान ९।१३ बजेसम्म रहनेछ । आज व्याघात योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१४ मा छ भने सूर्यास्त बेलुका ७।०२ बजे हुनेछ ।

चन्द्रमा आज कर्कट राशिमा छन् । आज शुक्रबार बगलामुखी भगवतीको उपासना शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५