संगत कस्ता व्यक्तिको गर्नुपर्दछ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल July 5, 2019

असतां सङ्गदोषेण साधवो यान्ति विक्रियाम् ।
दुर्योधनप्रसङ्गेन भीष्मो गोहरणे गतः ।। –पञ्चतन्त्र, मित्रभेद, २७६

खराबको संगतले असल व्यक्तिलाई पनि विगार्दछ । दुर्योधनको संगतले भीष्म पनि गाई चोर्न जानुपरेको थियो ।

जस्ताको संगत गर्यो त्यस्तै नै हुने हो । त्यसैले संगत सधैँ सज्जन व्यक्तिको गर्नुपर्दछ । खराबको संगतले असलललाई पनि खराब नै बनाउछ । महाभारतका पूज्य व्यक्तित्व भीष्मपितामह पनि दुर्योधनको संगतले एक दिन गाई चोर्न पनि जानु परेको थियो । किनकि पितमह हस्तिनापुरका रक्षक थिए । महाराजको आज्ञा पनि नमान्ने कुरो भएन । त्यसैले गाई चोर्ने उद्योगमा पनि संलग्न हुनुपरेको थियो । अतः संगत सदा असल व्यक्तिको गर्नुपर्दछ । अन्यथा कुमार्ग र अवनतिको मार्ग निश्चित हुन्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –