द्धन्द्धपीडित र जनप्रतिनिधिहरुबीच छलफल


हरेकपल July 5, 2019

काठमाडौं, २० असार । द्धन्द्धपीडितहरुको संक्रमणकालिन न्यायमा पहुँच तथा ऐन संशोधन विषयमा जनप्रतिनिधिहरु र सरोकारवालाहरुसंग आज छलफल भयो । सशस्त्र द्धन्द्ध पीडितहरुले सत्य निरुपण आयोग र बेपत्ता छानबिन आयोगले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आक्रोश पोखेका थिए । जनप्रतिनिधिहरुले द्धन्द्धकालिन मुद्धाहरु छिटो भन्दा छिटो टुंगोमा पुर्याउन आफुहरुले पलहगर्ने बताउनुभएको छ ।

गम्भिर मानव अधिकार उल्लंघनमा संलग्नहरुलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने, घट्नाहरुमा के भएको थियो भन्ने बारेमा चित्ता बुझ्दो विवरण सार्वजनिक गर्नुपर्ने, घट्नाहरुलाई चीर कालसम्म राष्ट्रिय स्मृतिमा राख्नका लागि त्यही अनुसारका कामहरु गरिनु पर्नेमा पीडितहरुको जोड रहेको थियो ।

महिला कानून र विकास मञ्च (एफडब्लूएलडी) ले आयोजना गरेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु, नागरिक समाजका प्रतिनिधिहरु र द्धन्द्ध पीडितहरुको व्यापक सहभागिता रहेको थियो ।

देशका विभिन्न ठाँउमा रहेका सशस्त्र द्वन्द्वकालका पीडितहरुको कारुणीक कथालाई समेटेर तयार पारिएको वृत्तचित्र पनि जनप्रतिनिधिहरु र सरोकारवालाहरुदेखाइएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मिरा ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाल कला परिषद् (आर्ट काउन्सिल नेपाल) बबरमहलमा न्यायको प्रतिक्षामा रहेका द्वन्द्व पीडितहरुको समस्याकाबारेमा फोटो प्रदर्शनी हिजो देखि सुरु भएको छ ।

आगामी असार २५ गतेसम्म चल्ने प्रदर्शनीमा १० वर्षे सशस्त्र द्वन्द्वका बेला यौन हिंसामा परेका, अंगभंग भएका, बेपत्ता पारिएका व्यक्ति र तिनका परिवारले भोग्नु परेको पीडालाई उजागर गर्ने फोटोहरु प्रदर्शनमा राखिएको छ । सशस्त्र द्वन्द्वकालमा भएका विभिन्न घटनाहरुबाट पीडितहरुको कथा प्रदर्शनीमा राखिएका फोटोमा झल्किन्छ ।