श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको २१ गते शनिबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको चतुर्थी तिथि दिवा ४।३२ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मघा नक्षत्र राति २।११ बजेसम्म रहनेछ । आज वरियन योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१५ मा छ भने सूर्यास्त बेलुका ७।०१ बजे हुनेछ ।
चन्द्रमा आज सिंह राशिमा छन् । आज शनिबार शिवजीको उपासनासँगै पिपलमा जल अर्पण गर्नाले शनिजन्य दोष निवारण हुनेछन् ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५