आजको राशिफल २०७६ आषाढ २१ गते, शनिबार


हरेकपल July 6, 2019

मेष राशिः मनमा प्रशन्नता रहनेछ, आर्थिक उन्नतिका साथै दिन सुखद् रहनेछ ।

वृष राशिः आर्थिक अस्थिरता रहनेछ, कार्यमा व्यवधानका साथै मित्र भय रहनेछ ।

मिथुन राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, मित्र सुखका साथै खेल क्षेत्रमा रुचि रहनेछ ।

कर्कट राशिः मनमा प्रशन्नता रहनेछ, कार्य लाभका साथै जलीय पदार्थबाट विशेष लाभ रहनेछ ।

सिंह राशिः मीष्ठान्न लाभ हुनेछ, आय बढ्नुका साथै दिन सुखद् रहने देखिन्छ ।

कन्या राशिः शारीरिक आलश्यता रहनेछ, कार्य अवरोधका साथै शत्रु पक्ष सबल रहनेछन् ।

तुला राशिः आर्थिक लाभ हुनेछ, श्रीवृद्धिका साथै कार्यम उन्नति हुने देखिन्छ ।

वृश्चिक राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, आय बढुनुका साथै धार्मिक कार्यमा मन जानेछ ।

धनु राशिः प्रिय लाभ हुनेछ, मित्र सुखका साथै कार्यमा सफलता मिल्ने देखिन्छ ।

मकर राशिः शत्रु पक्ष सबल रहनेछन्, आर्थिक अस्थिरताका साथै दिन संघर्षमय रहनेछ ।

कुम्भ राशिः परात्रम बढ्नेछ, धन लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मीन राशिः आयमा वृद्धि हुनेछ, कार्य लाभका साथै दिन सुखद् रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५