उपमेयर खड्गीलाई हृदयाघात,नर्भिक अस्पताल भर्ना


हरेकपल July 5, 2019

काठमाडौं, २० असार । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयाघात भएको छ । शुक्रबार दिउँसो छातीमा अत्यधिक पीडा भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । उनको सिसियु कक्षमा उपचार भइरहेको छ। उनको स्वास्थ्य सुधार हुने क्रममा रहेको अस्पतालले जनाएको छ।