आज आइतबार, पञ्चमी तिथि, हेर्नुहोस् आजको दिन २०७६ आषाढ २२ गते


हरेकपल July 7, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको २२ गते आइतबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको पञ्चमी तिथि दिवा २।३ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाफाल्गुनी नक्षत्र राति १२।३० बजेसम्म रहनेछ । आज परिघ योग र करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१५ मा छ भने सूर्यास्त बेलुका ७।०१ बजे हुनेछ ।

चन्द्रमा आज सिंह राशिमा छन् । आज आइतबार सूर्य भगवान्को उपासना शुभ रहनेछ । यसैगरी आज पञ्चमी तिथि पनि परेकाले नाग देवताको उपासना पनि शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५