साप्ताहिक राशिफल २०७६ आषाढ २२–२८ गतेसम्म


हरेकपल July 7, 2019

मेष राशिः मेष राशिका लागि यो साता लाभदायी रहनेछ । आर्थिक वृद्धिका साथै कार्य क्षेत्रमा पनि सफलता मिल्नेछ । शत्रु निर्वल देखिन्छन् । विद्याको क्षेत्र बलवान छ । व्यवसायबाट विशेष लाभ हुनेछ । सन्तान सुख मिल्नुका साथै पारिवारिक उन्नति देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । कार्यमा उन्नतिका साथै सुखद् यात्राका यो पनि देखिन्छन् ।

वृष राशिः वृष राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोध रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ । मंगलबारबाट भने कार्यमा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रविधिका क्षेत्रमा सफलता मिल्ने देखिन्छ । आर्थिक क्षेत्र सबल र सफल रहनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा अपेक्षाकृत सफलता हात पर्ने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि यो साता उन्नति कारक रहनेछ । सामाजिक मान प्रतिष्ठा बढ्नेछ । सुखद् यात्राका योग देखिन्छन् । आर्थिक क्षेत्र सबल रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै व्यापार व्यवसायमा वृद्धि हुनेछ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । धार्मिक कार्यमा रुचि जाग्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । कार्य गर्ने नयाँ उत्साह मनमा छाउनेछ ।

कर्कट राशिः कर्कट राशिका लागि यो साता फलदायी रहनेछ । सोचेका काम पूरा हुने छन् । सामाजिक कार्यमा मन जानेछ । कार्य प्राप्तिका योग देखिन्छन् । मित्र सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ । पारिवारिक सुख प्राप्त हुनेछ । विद्याको क्षेत्र सफल रहनेछ । विहीबारबाट भने कार्यमा अवरोध रहनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि यो साता अर्थदायी रहनेछ । कला मनोरञ्जनमा विशेष रुचि जाग्नेछ । आय आर्जनका स्रोत बढ्नेछन् । पारिवारिक सुख मिल्ने छ । व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ । शत्रु पराजित हुनेछन् । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ । प्रेम जीवन सुखमय रहनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

कन्या राशिः कन्या राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म खर्च बढ्नुका साथै स्वास्थयमा पनि प्रतिकूलता रहनेछ । मंगलबारबाट भने कार्यमा सफलता मिल्दै जानेछ । आर्थिक वृद्धिका योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नेछ । व्यापारमा वृद्धि हुनेछ । धन बढ्नुका साथै पारिवारिक सुख प्राप्त हुने देखिन्छ ।

तुला राशिः तुला राशिका लागि यो साता कार्यदायी रहनेछ । नयाँ कार्यका अवसर पनि मिल्नेछन् । व्यापार व्यवसाय वृद्धि हुनेछ । अध्ययन अध्यापनका क्षेत्रमा सफलता मिल्नुकमा साथै सुखद् यात्राका योग पनि देखिन्छन् । सामाजिक कार्यमा रुचि जाग्नेछ । प्रेम जीवन सफल रहनेछ । रोगको क्षेत्र भने बलबान देखिन्छ । मंगल र बुधबार स्वास्थयको विशेष ख्याल राख्नु राम्रो हुनेछ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि यो साता विशेष फलदायी रहनेछ । कार्यमा उन्नति हुनेछ । धन बढ्नुका साथै रोजगारीका अवसर पनि मिल्नेछन् । व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभ हुने देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । लक्ष्मी वृद्धिको योग देखिन्छ । बिहीबारबाट भने कार्यमा बाधा व्यवधान आइपर्न सक्ने देखिन्छ ।

धनु राशिः धनु राशिका लागि यो साता सफल रहनेछ । आमदानी स्रोत बढ्ने छन् । सामाजिक कार्यमा रुचि जाग्नेछ । मित्र लाभ हुनेछ । अध्ययनको क्षेत्र सफल देखिन्छ । पराक्रम बढ्नुका साथै सामाजिक क्षेत्रबाट विशेष लाभ मिल्नेछ । भौतिक वस्तु विशेष फलदायी रहनेछन् । प्रेम जीवन सुखद् रहनेछ । व्यवसायमा पनि वृद्धि हुने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि साता मिश्रित लाभदायी रहनेछ । सोमबारसम्म कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहने देखिन्छ । सो पश्चात्को समय उन्नतिकारक रहनेछ । व्यापारमा वृद्धि हुनेछ । शत्रु पराजित हुने छन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नेछ । प्रेम जीवन सबल र सुखद् रहनेछ । सुखद् यात्राका योग पनि देखिन्छन् ।

कुम्भ राशिः कुम्भ राशिका निम्ति यो साता अर्थदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । वयापारमा वृद्धि हुनेछ । अध्ययन अध्यापको क्षेत्र सबल र सफल रहनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कार्य प्राप्तिको योग देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

मीन राशिः मीन राशिका निम्ति यो साता लाभदायी रहनेछ । आर्थिक वृद्धि हुनेछ । मित्र सहयोग प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । विद्या लाभदायी रहने देखिन्छ । सामाजिक क्षेत्रमा रुचि जाग्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्ने देखिन्छ । बिहीबारबाट स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५