पुरानो नेताको निधनमा आखिसल्लामा श्रद्धाञ्जली


हरेकपल July 7, 2019

-विजय राई-

धनकुटा । धनकुटा जिल्ला सहिदभूमी गाउपालिका वडा नं. ६ का नेपाली कांग्रेसका अग्रज नेता तथा समाजसेवी बल बहादुर लोङवा राईको हालै निधन भएकोमा नेपाली कांग्रेसले आज श्रद्धाञ्जली कार्यक्रमका साथ समवेदना पत्र परिवारजनमा बुझाएको छ । नेपाली कांग्रेस धनकुटाका महाधिवेशन प्रतिनिधि राम कुमारी भण्डारी,सहिद भूमी गाउपालिकामा नेपाली कांग्रेसका उपप्रमुखका प्रत्यासी कमलकुमारी राई,नेपाली कांग्रेस सहिदभूमी गाउपालिका कार्यसमितिका सचिव रुद्र राइ,नेपाली काग्रेस आखिसल्लाका नेताहरु गंगारम राई,यज्ञ राई,नारायण ध्वज राई ,धन वहादुर परियार, सदस्यहरु गोकुलमाया राई,प्रदिव भण्डारी,नगेन्द्र राई,रामकुमार राई,तेज वहादुर भण्डारी लगायतका नेता तथा कार्यकर्ताहरुले अग्रज नेता स्वर्गीय बल बहादुर लोङवा राई प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पत्र प्रदान गर्नुभएको थियो ।

यसैगरी नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले आज शोक विज्ञप्ती प्रकाशित गरी नेपाली कांग्रेस धनकुटा सहिदभूमी गाउपालिका वडा नं. ६ आखिसल्लाका अंग्रज नेता तथा समाजसेवी बल बहादुर लोङवा राईको हालै भएको असमायिक निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको उल्लेख गर्दै अग्रज नेता स्वर्गीय राई प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । त्यस्तै गरी श्री संसारी प्रावि आखिसल्लाका विद्यालय व्यवस्थापन समितिका सदस्य सन्जु राईको ससुरा समेत रहनु भएका समाजसेवी स्वर्गीय बल बहादुर लोङवा राईलाई उक्त विद्यालयले पनि छुट्टै श्रद्धाञ्जली व्यक्त गर्दै स्वर्र्गीयको परिवारजनमा विद्यालयका प्रधानाध्यापक राम कुमारी भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कुमार राईले विद्यालयको तर्फबाट समवेदना पत्र प्रदान गर्नु भएको थियो । समाजेसवी स्वर्गीय राईको श्रीमती सुर्यमाया राई,छोराहरु रामलाल राई,ज्ञानुराज राई,पूर्ण वहादुर राई,भीम वहादुर राई,निशान राई र छोरीहरु विष्णु कुमारी राई,भक्तिमाया राई र भुक्तमाया राई हुनुहुन्छ ।