प्रतिष्ठानले संझियो बलबहादुर राईलाई


हरेकपल July 7, 2019

-हरेकपल-

काठ्माडौं २२ असार ।  बलबहादुर राई स्मृति प्रतिष्ठानले नवौं स्मृति दिवसकासाथ बलबहादुर राईप्रति संमान प्रकट गरेको छ । ओखल्ढुंगाको सामान्य परिवारमा जन्मेर सामान्य शिक्षा हासिल गरेका राई ००३ मा नेपाली कांग्रेसको स्थापनाकालदेखि नै त्यस पार्टीमा आबद्ध भई लोकतान्त्रिक आन्दोलनमा अनवरत सक्रिय रहनु भयो । ००३१ सालको चर्चित ओखल्ढुंगा सोलु काण्डमा राईले निर्दलीय पंचायती सत्ताको क्रूर यातना सहनु परेको थियो । ०१५ सालमा ओखल्ढुंगाबाट सांसद राई निर्दलीयकालभरी निर्वासन र जेलमा रहनुपरेको थियो । उहांले स्वतनत्र हुदा पनि लोकतन्त्रको मियो छाड्नु भएन । ०४६ को परिवर्तनसंगै उहां ओखल्ढुंगा २ बाट लगातार तीनपटक विजयी हुनुभयो र मन्त्री वन्नुभयो । करीव १९ पटकसंम उहांले कार्यवाहक प्रधानमन्त्री भएर काम गर्न पाउनुभएको थियो ।


राईकै समयमा कटारी ओखल्ढुंगा हुदै सोलुको राजमार्गको निर्माण आरंभ, ०४५ को भूकम्पमा परेका अनेक विद्यालयहरुमा पक्की भवन तथा ओखल्ढुंगामा विभिन्न स्थानमा खानेपानी र सिंचाइका योजनाहरु वनेका थिए । जिउदो शहीदका रुपमा परिचित राईका विषयमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राई जस्तै त्यागीहरुका कारण नेपालमा आजको परिवर्तन संभव भएको वताउनुभयो । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. शंकर खनालको सभापतित्वमा संपन्न कार्यक्रममा विशेष अतिथि वरिष्ठ पत्रकार एवम् पूवृमन्त्री होमनाथ दाहाल, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, भीष्मराज आड.दम्वे, कमला पन्त, नेकपाका सांसद यज्ञराज सुनुवार, पूर्व सांसद रामहरि खतिवडा, नेका नेता खिलानाथ दाहाल, पारिवारिक सदस्य प्रेमराज राई, सांसद प्रमिला राई सहितका वक्ताहरुले बलबहादुर राईको योगदानवारे चर्चा गर्नुभएको थियो । वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहालले विगतमा लोकतान्त्रिक आन्दोलनमा योगदान गर्नुभएकाहरुलाई राष्ट्रिय स्तरमा नभए कमसेकम संवन्धित जिल्लामा भव्यकार्यक्रमहरु गरी स्मरण गर्नसके उहांहरुको निरन्तर मूल्यांकन हुने थियो भन्नुभयो । उहांका अनुसार : पार्टीको मूलधारबाट नै योद्धाहरुको संमान भएन भने विस्तारै विर्सने संभावना हुने छ ।

कर्यक्रममा विगत जस्तै गरी दुईजना लोकतन्त्रका योद्धाहरुलाई संमान गरिएको थियो । संमानित हुनेमा तेह्रथुमबाट ०१५ सालका सांसद तेजमान तुम्वाहाम्फे र शहीद सरोज कोइरालाकी पत्नी एवम् पूर्वमन्त्री लीला कोइराला हुनुहुन्छ ।