आज षष्ठी तिथि, उत्तराफाल्गुनी नक्षत्र, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ आषाढ २३ गते


हरेकपल July 8, 2019

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको २३ गते सोमबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको षष्ठी तिथि दिवा ११।३५ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । उत्तराफाल्गुनी नक्षत्र राति १०।५४ बजेसम्म रहनेछ । आज शिव योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१६ मा छ भने सूर्यास्त बेलुका ७।०१ बजे हुनेछ ।

चन्द्रमा आज बिहान ६।६ बजेसम्म सिंह र सो पश्चात् कन्या राशिमा रहनेछन् । आज सोमबार शिवजीको उपासनासँगै सेता वस्तुको उपासना शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५