मार्गदर्शन कसरी गरिन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल July 8, 2019

नाङ्गुल्या कारयेत् किञ्चिद् दक्षिणेन तु सादरम ।
समस्तेनैव हस्तेन मार्गमप्येवमादिशेत ।। –नीति श्लोक

बाटो सोध्ने पथिकलाई हातका औँलाले मात्र इशारा गर्नु हुँदैन । यसरी इशारा गर्दा दाहिने हात विस्तारै उठाएर आदरभाव र मीठो बोलीले बाटो दर्शाउनुपर्छ ।

यात्रीले बाटो भुली सोधेका खण्डमा कसरी सही दिशा बताउनु पर्छ अर्थात् यात्री जान लागेको बाटो कुन हो भन्ने कुराको अभिव्यक्ति कसरी दिनुपर्छ भन्ने बारेमा पनि विशेष आदेश पाइन्छ । यसरी इशारा गर्दा कहिल्यै पनि औँलाको मात्र प्रयोग गर्नु हँुदैन । साथै देब्रे हातको प्रयोग पनि अशुभ संकेत मानिन्छ । त्यसैले बाटोको दिशा निर्देश गर्दा दाहिने हातले दिशा दर्शाउदै आदर भावका साथ मीठो बोलीको प्रयोग गर्नुपर्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–