गोदावरी खोला क्षेत्र सरसफाई १९औं हप्तामा


हरेकपल July 8, 2019

ललितपुर । महिला एवं बालबालिकाको पहलमा शुरु गरिएको गोदावरी खोला क्षेत्र सरसफाई साप्ताहिक अभियानको १९औं हप्ता पनि भव्यताका साथ स्थानीयहरुको व्यापक उपस्थितिमा रचनातारको पुल वरिपरि सरसफाई सम्पन्न भएको छ ।हिजाे भएकाे कार्यक्रममा राष्ट्रिय अभियन्ता धिरेन्द्र कुमार शाह, वाग्मती सरसफाईका अभियन्ता, चित्र सुनुवार, शेखर के.सी., सामाजिक अभियन्ता विनु रायमाझी, मुक्तिनाथ विकास बैंकका रिता घिमिरे समेतको उपस्थितिमा सरसफाई गरिएको थियो । बार्यक्रममा गोदावरी खोला क्षेत्र सरसफाईका अभियन्ताहरु रन्जिता श्रेष्ठ खत्री, तारा खडका, नारायणी पाण्डे, कुन्ता थापा, वेविराज भण्डारी, मन्जु भट्टराई लगायतको सक्रिय सहभागितामा सञ्चालित सरसफाई कार्यक्रममा स्थानीयबासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सरसफाई कार्यक्रममा मन्जु भट्टराईले सञ्चालन गर्नुका साथै माक्स र पन्जा पनि सहयोग गर्नु भएको थियो ।

सरसफाई अभियान अन्तर्गत गत हप्ता ललितपुर क्षेत्र न १ का माननीय सांसद नवराज सिलवालले पन्जा र कालोजुत्ता लगाएर धान रोपेको तस्बिर सामाजिक सञ्जालमा भाईरल भएको थियो । उक्त तस्बिरलाई लिएर उहाँकै पार्टीका कार्यकर्ताहरुबाट पनि निन्दा र विरोध भएको थियो । उहाँको फोटोको विषयमा प्रष्ट पार्दै सरसफाइकी अभियन्ता रन्जिता श्रेष्ठ खत्रीले विसुद्ध सामाजिक कार्यलाई विभिन्न बहानामा राजनीतिक रङ दिने प्रयास भएको टिप्पणी गर्नुभयो ।