आज मंगलबार, सप्तमीतिथि पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ आषाढ २४ गते


हरेकपल July 9, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको २४ गते मंगलबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको सप्तमी तिथि बिहान ९।१३ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । हस्ता नक्षत्र राति ९।२६ बजेसम्म रहनेछ । आज परिघ योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१६ मा छ भने सूर्यास्त बेलुका ७।०१ बजे हुनेछ ।

चन्द्रमा आज कन्या राशिमा छन् । आज मंगलबार गणेशजी एवं हनुमानजीको उपासनाका साथै सूर्य पूजनका निम्ति पनि उत्तम दिन हो । यसैगरी राता वस्तुको प्रयोग पनि आज शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०