राजालाई बम हान्ने सहिद भीम नारायणको जन्मजयन्ती


हरेकपल July 9, 2019

-विजय राइ-

धनकुटा । सहिद भीम नारायण श्रेष्ठको ८३ औ जन्मजयन्तीको अवसरमा भोली नेपाली कांग्रेस धनकुटाले सहिद भीम नारायण चौकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्ने  जनाएको छ ।
प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिई जिवन उत्सज गरेका सहिद भीम नारायण श्रेष्ठको उच्च सम्मान गर्दै भोली उहाको नाममा धनकुटा सिरानबजारमा स्थापना गरिएको सहिद भीम नारायण चौकमा भोली बिहान ७ बजे जन्मजयन्तीको दिन श्रद्धाञ्जली कार्यक्रम गर्ने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।

१९९४ साल असार २४ गते धनकुटामा जन्मिएका भीम नारायण श्रेष्ठले २०३० चैत्र ३ गते तत्काल राजा विरेन्द्ररालाई विराटनगर सवारी हुदा बम हानेको आरोपमा पक्राउ गरी कठिन जेल यातानदिई २०३५ साल माघ २६ गोली हानी हत्या गरी मृत्यु दण्डको सजाय दिएको धनकुटा सहिद स्मृती प्रतिष्ठानका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वताए ।
बिराटनगरमा भएको उक्त बम काण्डमा घट्ना स्थलमानै धनकुटाका रामकृष्ण श्रेष्ठको निधन भएको र भीम नारायण श्रेष्ठलाई घाईते अवस्थामा पक्राउ गरी पाच बर्ष सम्म कठोर जेल यातना दिई मृत्यु दण्डको सजाय दिईएकोले दुई जनालाई केही बर्ष अघि सरकारले राष्टिय सहिदको रुपमा घोषणा गरेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताएका छन्।