ओम समाज डेन्टल हस्पिटलले स्रष्टाहरुलाई सहयोग गर्ने


हरेकपल July 9, 2019

ओम समाज डेन्टल हस्पिटल चावहिलले स्रष्टाहरुलाई सहयोग गर्ने भएको छ । सोमबार ओम समाज डेन्टल हस्पिटलको सभाकक्षमा कवि जगन्नाथ गुरागाईँ साहित्य प्रतिष्ठानले जगन्नाथ गुरागाईँको ११९ औं जयन्तीको अवसरमा आयोजना गरेको काव्यसभामा हस्पिटलका अध्यक्ष वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेले स्रष्टाहरुलाई सहयोग गर्ने बताउनु भयो ।


डा.घिमिरेले आफु कवि हुन नसके पनि कविहरुको सिर्जना मन पर्ने भएकाले ओम समाज डेन्टल हस्पिटल कविहरुलाई जस्तोसुकै सहयोग गर्नु इच्छुक रहेको जानकारी दिनु भयो । कवि तथा लेखकहरुलाई ओम समाज डेन्टल हस्पिटलको सभाकक्षमा नियामित कार्यक्रम गर्नु अनुरोध गर्नु भएको थियो । कवि तथा लेखकहरुको दन्त रोगको उपचारमा विशेष छुट दिने समेत जानकारी डा.घिमिरेले दिनु भयो ।


कार्यक्रममा वरिष्ठ साहित्यकारहरु,रमेश खकुरेल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे , कुन्ता शर्माले कवि जगन्नाथ गुरागाईँको कृति गुणारत्नमालाको बारे चर्चा गर्नु भएको थियो । कवि कलानिधि दाहाल, मनोज न्यौपाने, असिम सागर प्रह्लाद पोख्रेल,तोया गौतम,मन्दिरा मधुश्री कोइराला,विधान अाचार्य, गीता कार्की,रूपक अलङ्कार,डम्बर घिमिरे,विमल वैद्य,सुनील पुरी,राजबाबु श्रेष्ठ,सुदेश सत्याल, विजयध्वज थापा,पुष्पा खनाल,सुविद् गुरागाई,रश्मि रिमाल,शिवा कार्की, उमा दाहाल,गोकुल अधिकारी ,सुशीला काफ्ले (जगन्नाथकै कृति -गुणरत्नका पङ्ति वाचन),कृतिका गुरागाई,लक्ष्मी उप्रेती, लगायतका कविहरुले रचना वाचन गर्नु भएको थियो । कवि जगन्नाथ गुरागाईँ साहित्य प्रतिष्ठानका अध्यक्ष राधिका गुरागाईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रा.मुकुन्दराज दाहाल,विनोद दाहाल,रामप्रसाद पन्त, गोकुल अधिकारी, राजेन्द्र गुरागाई लगायतका विशिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो ।