आज बुधाष्टमीव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ आषाढ २५ गते


हरेकपल July 10, 2019

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको २५ गते बुधबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको अष्टमी तिथि बिहान ७।३ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । चित्रा नक्षत्र राति ८।११ बजेसम्म रहनेछ । आज शिव योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१६ मा छ भने सूर्यास्त बेलुका ७।०१ बजे हुनेछ ।

चन्द्रमा आज विहान ८।४६ बजेसम्म कन्या र सो पश्चात् तुला राशिमा रहनेछन् । आज बुधाष्टमीव्रत परेको छ । बुधवारका दिन अष्टमी तिथि परेको समयलाई बुधाष्टमी भनिन्छ । आज गोरखकाली भगवतीको उपासना शुभ रहनेछ । दक्षिणकाली, गुह्येश्वरी वगलामुखी भगवतीको पूजा एवं उपासना पनि आज लाभदायी रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५