शास्त्रले बताएका कर्म किन गर्नैपर्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल July 10, 2019

नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः ।
शरीरयात्रापि च ते न प्रसिद्ध्येदकर्मणः ।। –गीता, ३।८

कर्म नगर्नाले शरीरको निर्वाह हुँदैन । त्यसैले जीवन रक्षाका निम्ति पनि शास्त्रविहित कर्म गर्नैपर्दछ ।

शरीरको संरक्षणका निम्ति पनि कर्म गर्नुपर्छ भन्ने उपदेश भगवान्ले अर्जुनका माध्यमबाट सबैलाई ज्ञान दिनुभएको छ । शास्त्रले बताएका कर्म गरेमात्र शरीर धान्न सकिन्छ, जीविकोपार्जन हुन्छ । कर्म नगर्ने भन्दा गर्ने मान्छे नै श्रेष्ठ ठहरिन्छ । योग्य व्यक्तित्वको परिचयका निम्ति पनि शास्त्रले बताएका कर्म गर्नुपर्दछ । साँचो बोल्नु, सत्यको मार्गमा हिँड्नू, सबैलाई भलो हुने कार्य गर्नू, सद्वयवहार र सद् वचनको परिपालना गर्नू आदि शास्त्रले बताएका कर्म हुन् । जसको परिपालनाले जीवनको निर्वाहका साथै असल व्यक्तित्व निर्माणमा सहयोग गर्दछ । अतः शास्त्रविहित कर्म गर्नुपर्छ भन्ने नीति वचन मननीय छ ।
–नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–