बलिदानको प्रतिक भीम नारायण


हरेकपल July 9, 2019

धनकुटा २४ असार । आज धनकुटामा भीम नारायण श्रेष्ठको जन्मजयन्तीको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा लोकतन्त्रको लागी फासीमा चढाई बलिदान दिनु भएका सहिद भीम नारायण श्रेष्ठले गरेकाे योगदानको राज्यले उचित कदर गर्न नसकेको  सहभागी र परिवारजनहरुले वताएका छन ।

सहिद भीम नारायण श्रेष्ठको ८३ औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस धनकुटकाद्धारा सहिद भीम नारायण चौक धनकुटका आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा सहिद भीम नारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मी देवी श्रेष्ठ,जेष्ठ सुपुत्र मनोज नारायण श्रेष्ठ,छोरी ममता श्रेष्ठ,महासमिति सदस्य आनन्द सन्तोषी राई,नेपाली कांग्रेसका नेता विश्व प्रकाश श्रेष्ठ,पूर्व सांसद अञ्जना ताम्लीले सहिद भीम नारायण श्रेष्ठको सालिकमा माल्यपर्ण गर्दै सहिद भीम नारायण श्रेष्ठको योगदानको उचित सम्मान राज्यले गर्न नसकेको वताउदै सहिदहरुको सम्मान हुनु पर्नेमा जोड दिनु भयो ।
नेपाली कांग्रेस धनकुटकाका उपसभापति नविन किशोर शाक्यको अध्यक्षतमा सम्पन्न भएको श्रद्धाञ्जली कार्यक्रममा राजालाई बम हान्ने साहसिक योद्धा भीम नारायण श्रेष्ठ बलिदान र समर्पणको प्रतिक भएको बताउदै उहाको योगदानको वारेमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले प्रस्तुत गर्नु भएको थियो ।

भने कार्यक्रममा नेपाली कांग्रेग धनकुटका कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य बिष्णु पौडेल,जिल्ला सदस्य तथा वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,नेपाल शिक्षक संघका १ नम्वर प्रदेश उपाध्यक्ष गंगारम ढुंगाना,नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका देवी भण्डारी,नेपाली कांग्रेस धनकुटका क्षेत्र नं. २ का कोषाध्यक्ष लोकमणी घिमिरे, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष एवं धनकुटा सहिद स्मृती प्रतिष्ठानका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,उपाध्यक्ष नगेन्द्र राई,नेपाल तरुण दल धनकुटका क्षेत्रिय अध्यक्ष तिलक महत,नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष हिमा चेम्जोग,सचिव विकास घिमिरे,निर्वतमान अध्यक्ष यानिन्द्र तिगेला,नेपाल महिला संघ धनकुटा नगरका सचिव रेणु श्रेष्ठ,नेपाल निजामती कर्मचारी युनियन संघका खिर वहादुर बुढाथोकी,धनकुटा नगरपालिका वडा नं. ६का पूर्व सदस्यहरु लक्ष्मण खड्का,गिता श्रेष्ठ,नेपाल फुटवल संघ धनकुटका पूर्व अध्यक्ष धिरेन्द्रलाल श्रेष्ठ, ,नेपाल तरुण दलका रत्नेश राई,विवश राइ र रेखा श्रेष्ठ लगायतका आफन्तजन लगायतले सहिद भीम नारायण श्रेष्ठको सालिकमा माल्यपर्ण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।

१९९४ साल असार २४ गते धनकुटामा जन्मनु भएका भीम नारायण श्रेष्ठले २०३० चैत्र ३ गते तत्काल राजा विरेन्द्ररालाई विराटनगर सवारी हुदा बम हानेको आरोपमा पक्राउ गरी कठिन जेल यातानदिई २०३५ साल माघ २६ गोली हानी हत्या गरी मृत्यु दण्डको सजाय दिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।