साहस र बलिदानका प्रतिक सहिद भीम नारायण श्रेष्ठ


हरेकपल July 10, 2019

-विजय सन्तोषी राई-

साहस र बलिदानको प्रतिक सहिद भीम नारायण श्रेष्ठ हुन । प्रजातन्त्रको लागी धनकुटका तन्नेरी भीम नारायण श्रेष्ठले तातो गोली खाएर सहिद हुनु भयो ।४१ बर्षको जोशिलो उमेरमा उनले राजासंग माफी नमागी प्रजातन्त्रको लागी तातो गोली रोच्नु भएको हो । प्रजातन्त्र स्थापनाका लागी यूवा अवस्था देखीनै नेपाली कांग्रेसमा क्रियाशिल रहनु भएका राम कृष्ण श्रेष्ठ २०३० साल चैत्र ३ गते विराटनगरमा राजा विरेन्द्रलाई बम प्रहार गर्दा घाईते भै सोही दिनको राती विराटनगर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने भीम नारायण श्रेष्ठलाई लामो समय सम्मको कठोर जेल यातना पछि फासीको सजाय दिदै २०३५ माघ २६ गते गोली हानी हत्या गरेको हो ।

राजालाई बम हान्ने सहिद भीम नारायण श्रेष्ठलेका साहस र बलिदानको अहिले समम सम्मान हुने सकेको छैन ।देश र जनताका लागी हासी हासी बलिदान लिएको योद्धा भीम नारायण श्रेष्ठको अहिले सम्म न चर्चा पाए न सम्मानै । नेपालीहरुको स्वतन्त्रता र प्रजातन्त्रको लागी आफ्नो जिवन साट्नु भएका साहसिक योद्धा भीम नाराायण श्रेष्ठको योगदानका उच्च सम्मान र कदर सवैले गर्नु पर्छ ।राजालाई बम हान्दा मृत्यु दण्ड पाएका सहिद भीम नारायण श्रेष्ठको राज्यले न चर्चा न चासोनै थिएको छ । सम्झन र सम्मान गर्न त पराइजाओस । तत्कालिन राजालाई बम प्रहार गरेको आरोप जेल जिवन विताउने क्रममा वर्तमान प्रधान मन्त्री के पी ओली संगै संयोगवस केन्द्रिय कारागारमा जेल वस्नु भएका भीम नाराण श्रेष्ठलाई अहिले सम्म राज्यले संझन सम्म सकेको छैन । संगै वसेका साथी ओली प्रधानमन्त्री भए पछि सवैले सहिद भीम नारायण श्रेष्ठको उचित सम्मान हुने आशा गरेका थिए तर अहिले सम्म हुन सकेको छैन ।
निरंकुश राजतन्त्रलाई समाप्त गरी प्रजातन्त्र पुर्नस्थापनका लागी विराटनगरमा राजा विरेन्द्रलाई भीम नारायण श्रेष्ठ उनका साथी राम कृष्ण श्रेष्ठले वम प्रहार गरेका थिए । भारतको फार्मेगञ्जबाट कप्तान यज्ञ वहादुर थापाले दिएको बम ल्याएर भीम नारायण श्रेष्ठ र धनकुटका राम कृष्ण श्रेष्ठले तत्कालिन राजा विरेन्द्र २०३०साल चैत्र ३ गते विराटनगरमा सवारी हुदा अस्पताल रोडमा बम प्रहार गरेका हुन ।

प्रजातन्त्रको स्थापनका लागी राजालाई बम हान्ने धनकुटाका दुई तन्नेरीहरुलाई राजतन्त्रलाई समाप्त गरी मुलुकमा गणतन्त्र स्थापना भएपछि पनि न उनीहरुलाई सम्मान गरियो न उनका परिवारलाईनै ।प्रजातन्त्रको पक्षमा निरंकुस पंञ्चायती व्यवस्थाको विरुद्धमा विराटनगरमा राजलाई बम हान्ने धनकुटा का साहसिक दुई तन्नेरीलाई इतिहास र वर्तमानले विर्सिएको छ । नेपाली आकाशमा ताराको रुपमा चम्किरहनु भएको छ जेलमा सर्गै बस्थामा श्रेष्ठले असाध्यै माया गर्ने र मिल्ने साथी अनी जेलमा टि वी रोग लागेर विरामी भएको बखत माया गर्ने सहयोग गरेका केपी ओली आज प्रधान मन्त्री हुनुहुन्छ तर राज्य स्तरबाट अहिले सम्म उहाको नाममा कुनै प्रतिष्ठान बनाएको छैन कुनै कार्यहरु पनि गरेको छैन र सम्मान दिने काम पनि भएको छैन सहिद घोषणा गर्न वाहेक र उहाहरको परिवारलाई पनी सम्मान गरिएको छैन ।

निंरकुस पञ्चायती व्यवस्थाको विरुद्धमा राजनैतिक स्वतन्त्रताका निम्ति बलिदान दिने धनकुटा नगरपालिका वडा नं. ६ का सहिद भीम नारायण श्रेष्ठलाई राजनैतिक दलको नेताहरु र स्वयम उनका पार्टी नेपाली कांग्रेले यतिबेला विर्सदा उहाहरुको योगदानको अवमुल्यन भएको छ । आफ्नु लागी होईन अरुका लागी बलिदान दिने पूर्वका चम्किला तारा (भीम नारायण श्रेष्ठलाई राज्यले विर्सिएको र वेवास्था गरेकोले स्मरण गर्दै सम्मान गरेमात्र उहाहरुले बलिदान दिनु भएको सम्मान हुन्छ ।

राणा शासनमा राणााहरुको विरुद्ध आन्दोलन गर्ने वाहुनहरुलाई पाप फासी दियो भने माप लाग्छ भन्दै देश निकाला गरी काशी पठाईदिन्थे र अन्य जातकालाई फासी लिएर हत्या गर्थे त्यसैले राणा शासन लाताका बाहुनलाई काशी अन्यलाई फासी दिइन्थ्यो भने निरंकुस पञ्चायती शासनमा भने प्रजातन्त्रको पक्षमा र तानाशाही पंचायती व्यवस्थाको विरुद्ध आन्दोलन गर्ने वा सशस्त्र संर्घष गर्ने नेताहरुलाई राजाले आफ्ना जन्मोत्सव लगायत विभिन्न अवसरहरुमा माफीनै नमाकी माफ माफी लिएर जेल मुक्त गर्थे तर कार्यकर्ताहरुलाई भने फासी दिन्र्थे । तानाशाही पंचायती व्यवस्था विरुद्ध नेतृत्व गर्ने निर्देश दिने नेपाली कांग्रेसका तत्कालिन सभापति वी पि कोईराला,कृण्ण प्रसाद भट्टराई ,कम्यूनिष्ट पार्टीका नेताहरु मोनमोहन अधिकारी लगायत धेरै नेताहरुलाई पक्राउ गर्दै छाड्ने वारम्वरा गरिएको थियो । तिनै नेताकै निर्देशनमा हतियार उठाउदै संर्घष गर्ने आन्दोलन गर्ने कार्यकर्ताहरुलाई भने फासीको सजाय दिएर मृत्यु दण्ड दिने काम हुन्थ्यो । नेपाली कांग्रेसका तत्कालिन सभापति वी वि कोईरालाको निर्देशनमा हतियार उठाउदै पूर्वमा सशस्त्र संर्घष गरेका कारण कप्तान यज्ञ वहादुर थापा र राजा विराटनगर सवारी हुदा बम हानेको अभियोगमा भीम नारायण श्रेष्ठलाई लामोसमय सम्म कठोर जेल सजाय पछि फासीको सजाय दिदै गोली हानी हत्या गरिएको थियो ।

फासिको सजाय दिनका लागी उहालाई काठमाण्डौ स्थित सेन्टर जेलको (गोलघर)बाट वाहिर निकाल्दै गर्दा जेलमा संगै लामो समय सम्म वसेका साथीहरु राधाकृष्ण मैनाली ,केपी शर्मा ओली ,सि पी मैनाली,मोहन चन्द्र अधिकारी लगायतका अन्य नेता साथीहरुलाई भीम नारायण श्रेष्ठले जिवन रहे भेट हुन्छ । मिलेर संर्घष गरिन्छ ।नरहे हाम्रो भेट यति हो ।बाचेकाले क्रान्ति गर्नु मेरो यही खवर सुनाई दिनु उहाहरुको उक्त भनाई पढ्दाहोस सुन्दाहोस जो कोहीलाई अहिले पनि छाती फुलेर आउछ अनी रगत तातेर आउछ र उहाहरुप्रति नतमस्तक सम्मान साथ सम्मान गर्न मन जाग्छ । १९९४ असार २४ गते जन्मनी भएको भीम नारायण श्रेष्ठले पञ्याती व्यवस्थाको विरुद्ध सानै उमेर देखी धनकुटका सक्रिय हुनुन्थ्यो । नेपाली कांग्रेस धनकुटका विभिन्न पदहरुम रही नेतृत्व समेत प्रदान गर्नु भएको थियो भने उहा राजनिति संगै धनकुटामा विभिन्न सामाजिक कार्यहरु पनि सक्रिय रहनुभएको थियो । उहा धनकुटाबाट विराटनगर जाने र विराटनगरबाट विपी कोईरालालाई भेट्न इन्डिया जाने र त्यहाबाट विपी लगायत कांग्रेसका नेताहरको निर्देशनमा पार्टीको गतिविधिहरु गोप्प रुपमा विराटनगर,धरान र धनकुटकामा संचालन गर्नु हुन्थ्यो ।

नेपाली कांग्रेसमा सक्रिय रहनु भएका भीम नारायण श्रेष्ठ २०३० साल फाल्गुण ३० गते भाईको विवाहको समान किन्न भारतको फारवेसगञ्ज गएको बखत कप्तान यज्ञ बहादुर थापाले कागजले बेरेको एउटा पोको दिदै यो सुरक्षित रुपमा लगेर बिराटनगरमा धनकुटाका रामकृष्ण श्रेष्ठलाई दिनु भनेर हेण्डग्रिनेट दिनु भएको थियो । उक्त ग्रिनेट भीम नारायण श्रेष्ठले सकुशल ल्याएर रामकृष्ण श्रेष्ठलाई दिनु भयो । भीम नारायण श्रेष्ठ र रामकृष्ण श्रेष्ठ चैत्र ३ गते राजा सवारी भएको हेर्न र बम हान्न समिक्षालयबाट राजाको सवारी जुटकेन्द्र तिर लागेकोले उहाहरु दुवै विराटनगरको अस्पताल हुदै अगाडी जादै गर्दा एक्कासी बम विस्फोटन भयो एक जनाको मृत्यु भयो अन्य दर्जनौ घाईते भए उहाहरु पनि दुवै गंभिर घाईते हुनु भयो । उपचारको क्रममा राती रामकृण श्रेष्ठको निधन भयो उपचारकै क्रममा तिनदिन पछि अस्पतालबाटै भीमनारायण श्रेष्ठलाई राजालाई बम प्रहार गरेको अभियोगमा प्रहरीले पक्राउ ग¥यो ।चार महिनाको हिरासतपछि उहालाई सो बमकाण्डको मुख्य अभियुक्तको रुपमा जेल चलान गरियो । २०३१ साल असारमा उहालाई काठमाण्डौ स्थित सेन्ट्रल जेलको गोलघरमा कठोर यातानका साथ राखियो ।

कांग्रेसले पहिलो पटक २००७ सालमा पार्टी सभापती मातृका प्रसाद कोईरालाको नेतृत्वमा हतियार उठाएर आन्दोलन गरी दिल्ली सम्झौता गरी राणा शासनको समाप्त गरी प्रजातन्त्र स्थापना गरेको थियो । दोस्रो पटक २०१७ सालको राजाको कु पछी जनरल सुवर्ण शमसरेको नेतृत्वमा हतियार उठाएको थियो ।तर त्यो असफल भएको थियो । तेस्रो पटकको तत्किालीन नेपाली कांग्रेसका सभापति वि पी को निर्देशनमा कप्तान यञ वहादुर थापाको कमाण्डमा पूर्वमा हतियार उठाएको हो ।कठोर जेलजिवन विताईरहेका प्रजातन्त्रका शाहसी योद्धा भीम नारायण श्रेष्ठ लाई फासीको सरकारी मागलाई विशेष अदालतले अनुमोदन गर्ने निर्णय गरेपछि त्यस विरुद्ध उहाले क्षेत्रिय अदालत धनकुटामा अपील गर्नु भयो । तर क्षेत्रिय आदालतले पनि शुरुकै सदर गरेपछि उहाहरुले सर्वोच्च अदालतमा मृत्यु ढण्ड खारेजीको माग गर्नु भयो । सर्वोच्चले पनि शुरुकै निर्णय सदर गर्ने फौसला ग¥यो अव उहालाई फासी दिने निश्चित भयो । तर वी पि कोईराला मेलमिलापको निति लिएर स्वदेश फर्केकोले उहाहरुको फासीको सजाय कार्यन्वयन नहुने होकी भन्ने आशा सवैले गरेका थिए उहामा पनि बाच्ने आस थियो । केही नेपाली कांग्रेस तथा कम्यूनिष्ट नेताहरुलाई आम माफी दिदै रिहा समेत भए । श्रेष्ठले पार्टीमा समेत खवरहरु पठाए पार्टीका नेताहरुले पनि पहल गरेकाले पार्टीको पहल र समन्वयमा राजाबाट आम माफी हुन्छ भन्ने विश्वास लिएको थियो तर भएन ।
त्यस पछि काठमाण्डौबाट उहालाई राखिएको जेलबाट उहाको सम्पूर्ण सामाग्रीहरुकासाथ हतकडी लगाएर सशस्त्र सैनिकहरुका साथ २०३५ माघ २४ विहान निकालेर त्यहाबाटसैनिक हेडक्वाटर लगि राजाको सवारी पोखरामा भएकाले पोखरा लाने भनेछन । त्यहा राजासंग माफ माग्नु पर्ने गल्ती स्विकार गर्नु पर्ने अनी मात्र बाच्न पाउने प्रस्ताव पञ्चायती तानाशाही सरकारले राखेपछि उहाले गल्ती भएको कुरा स्वीकार गर्न मान्नु भएन । त्यसपछि उहालाई राती आफ्ना समान भएको बन्द गाडीमा हतकडी सहित लगाएर गाडीमा राखेर पोखरा तर्फ नलगेर नौविसेबाट हेटौडा तिर लगेपछि उहाले किन यता भनेपछि चितवनबाट जाने सैनिकहरुले भनेछन ।

भीम नारायण श्रेष्ठलाई चितवनबाट पूर्वतिर ल्याएर कोशी टप्पुमा लगेर माघ २६ गोली हानी फासी दिएको फासीको सजाय दिएपछि कप्तान यज्ञ वहादुर थापाको शव कमला नदीको किनारमा र भीम नारायण श्रेष्ठको शव कोशी नदीको किनारमा त्याई परिवारलाई बोलाएर जिम्मा लगाएको उनका धर्मपत्नी लक्ष्मी देवी श्रेष्ठवताउनु हुन्छ ।फासीको सजाय दिदा २४ घण्टा अगाडी मृत्युपुर्जी बुझाईन्छ अनी अन्तिम इच्छा सोधिन्छ र आफ्ना आफन्तसंग अन्तिम भेट गराईन्छ ।त्यसपछि खुला प्रचारबाट मृत्यु दण्ड दिईने प्रचलन छ । तर प्रजातन्त्रका साहसीक योद्धा भीम नारायण श्रेष्ठलाई फासीको सजाय दिदा त्यसो नगरिकन तत्कालिन तानाशाही पञ्चायती सरकारले डराएर कारयतापूर्ण ढंगले जंगलमा सुटुक्क लगेर हत्या ग¥यो ।

भीम नारायण श्रेष्ठलाई सर्वोच्च अदालतले फासीको सजाय गरेपछि उहाहरुका साथीहरुले राजा समक्ष माफी पत्र लेख्न उहाहरुलाई आग्रह गर्नु भएको थियो तर उहाहरु मान्नु भएन बरु तातो गोलीलाई रोज्नु भयो ।राजालाई फालेर संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना हुदा समेत राजालाई बम प्रहार गर्दा निधन हुनु भएका र राजासंग माफी माग्नका साट्टो प्रजातन्त्रको निम्ति हासी हासी फासीमा चढ्नु भएका धनकुटका साहसीक तन्नेरी भीम नारायण श्रेष्ठलाई राज्यले अहिले सम्म नसझनु र सम्मान नर्गनु ठूलो विडम्वना हो ।सहिद भीम नारायण श्रेष्ठको ८३ औं जन्मजयन्तीको अवसरमा उहाको योगदानको उचित सम्मान हुने विश्वसाका साथ सम्मान पूर्वक हार्दिक श्रद्धा सुमन । के पी ओली पहिलो पटक प्रधान मन्त्री हुदा संगैै कठोर जेल जिवन वताउनु भएका आफ्ना प्रिय मित्र थापा र द्धयश्रेष्ठलाई २०७२ फाल्गुणमा सहिद घोषणा गरिएको थियो भने गत बर्ष २०७४ माघमा राजालाई बम प्रहार गर्ने रामकृण श्रेष्ठलाई शेर वहादुर देउवा प्रधानमन्त्री हुदा उहाले सहिद घोषणा गर्नु भएको हो ।

सहिद भीम नारायण श्रेष्ठको नामा धनकुटा बजार मा सहीद भीम नारायण श्रेष्ठ चौक नामाकरण गरी उहाको सालिक स्थापना गरिएको प्रतिष्ठान समेत स्थापना भै केही कामहरु भैरहेको छ भने सहिद रामकृण श्रेष्ठ र सहिद यज्ञ बहादुर थापको नाममा अहिले सम्म केही भएको छैन । उहाहरु तिनै सहिदलाई राज्यले सम्झने र उहाहरुको परिवारलाई सम्मान गर्ने काम समेत राज्यले अहिले सम्म गरेको छैन यो सहिद परिवार र नागरिकहरुका लागी दुर्भाग्य हो ।
नेपाल र नेपालीको स्वतन्त्रता र विकासका लागी माफी नमागी तातो गोली रोज्ने महान योद्धा सहिद भीम नारायण श्रेष्ठको योगदान नेपाली ईतिहासमा युगौ युग सम्म रहीरहने छन उहाको जन्मजयन्तीमा उहाप्रती नमन गर्दै सम्मान सहिद हार्दिक श्रद्धासुमन छ ।

(लेखक — धनकुटा शहीद स्मृती प्रतिष्ठानका महासचिव तथा धनकुटा कांग्रेसका जिल्ला सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष हुनुहुन्छ ।)