श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आषाढ महिनाको २६ गते बिहीबार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ शुक्लपक्षको दशमी तिथि राति ३।३० बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । स्वाती नक्षत्र बेलुका ७।१४ बजेसम्म रहनेछ । आज सिद्धि योग र तैतिल करण रहेको छ । यसैगरी आज सूर्योदय ५।१७ मा छ भने सूर्यास्त बेलुका ७।०१ बजे हुनेछ ।
चन्द्रमा आज तुला राशिमा छन् । आज बिहीबार पहेला वस्तुको प्रयोगसँगै विष्णु भगवान्को उपासना शुभ रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५