आजको राशिफल २०७६ आषाढ २६ गते, बिहीबार


हरेकपल July 11, 2019

मेष राशिः मित्र सुख रहनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

वृष राशिः प्रिय लाभ हुनेछ, कान्ति वृद्धिका साथै मनमा प्रसन्नता रहने देखिन्छ ।

मिथुन राशिः आयमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै भौतिक वस्तुबाट लाभ हुनेछ ।

कर्कट राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै दिन संघर्षमय रहनेछ ।

सिंह राशिः व्यवसायमा वृद्धि हुनेछ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कन्या राशिः आर्थिक उन्नतिका योग देखिन्छन्, मित्र सुखका साथै व्यापारमा वृद्धि हुने देखिन्छ ।

तुला राशिः आयमा वृद्धि हुनेछ, कान्ति वृद्धिका साथै जलीय पदार्थबाट विशेष लाभ रहनेछ ।

वृश्चिक राशिः कार्यमा अवरोध रहनेछ, शत्रु भयका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

धनु राशिः गृह सुख मिल्नेछ, आय बढ्नुका साथै कार्यमा उन्नति हुने देखिन्छ ।

मकर राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

कुम्भ राशिः पराक्रम बढ्नेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मीन राशिः स्वास्थ्यमा अस्थिरता रहनेछ, कार्य अवरोधका साथै दिन संघर्षमय रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५