‘ॐ असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय…’ भनेको के हो ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल July 11, 2019

ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मामृतं गमय ।। –बृहदारण्यकोपनिषद्, १।३।२८

हे ईश्वर असत्यबाट सत्यको मार्गमा लैजानुहोस् । अन्धकारबाट उज्यालोतर्फ लैजानुहोस् । मृत्यबाट अमृतको मार्गकमा लैजानुहोस् ।

उपनिषद्ले मानवको सदा हित चाहेका छन् । मानव जीवनको सार्थकता कसरी हुनसक्छ भन्ने कुराको ज्ञान दिलाएका छन् । हामी असत्य, अन्धकार र मृत्यु चाहँदैनौ तर यो भइरहेको हुन्छ । त्यसैले यस्ता कुराबाट मुक्ति दिने भनेको केवल ईश्वरले मात्र हो । अरुमा यो सामथ्र्य छैन । जीवनको अन्तिम लक्ष भनेका सत्य हो, उज्यालो र अमरत्व हो । जसको प्राप्ति केवल ईश्वरको उपासनाले मात्र हुने भएकाले नित्य ईश्वरमा प्रार्थना गर्नुपर्छ उपासना गर्नुपर्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–