सशस्त्रको बहुदेश्यीय भवन उद्घाटन सम्पन्न


हरेकपल July 10, 2019

विजय राई , धनकुटा २५ असार ।  सशस्त्र प्रहरी बल नेपाल १ नम्वर प्रदेश वराह वाहिनी मुख्यालय सुनसरीका वाहिनीपती सशस्त्र प्रहरी नायव महानिरिक्षक नगेन्द्र वहादुर थापाले आज सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हेट क्यावटर छिन्ताङ्ग धनकुटामा नवर्नििमत बहुदेश्यीय भवनको आज भव्य समारोका बीच उद्घाटन गर्नु भयो ।

सो अवसरमा वाहिनीपती सशस्त्र प्रहरी नायव महानिरिक्षक नगेन्द्र वहादुर थापाले सशस्त्र प्रहरीले सिमा सुरक्षाका साथ शान्ति सुरक्षा स्थापना र विपद व्यवस्थापन लगायत समाजिक कार्यमा समेत नागरिहरूको सहयोग र समन्वयमा कार्य गर्दै आएको वताउनु भयो ।
सशस्त्र प्रहरी बल नेपाल नंं. ६ गुल्म हेट क्यावटर छिन्ताङ्ग धनकुटाका गुल्मपती डि एस पी बालकृष्ण श्रेष्ठले गुल्ममा भवनको अभावमा तालिम लगायतका कार्यक्रमहरू संचालन गर्न कठिनाई भैरहेकोमा अव वहुदेश्यीय भवन निर्माण भएपछि सजिलो भएको वताउनु भो । उहाले सशस्त्र प्रहरी बलको स्रोत तथा स्थानीय तहहरू र धनकुटा नगरपालिका का सवै वडाहरू,विभिन्न संघ संस्थाहरू अनी सहयोगीहरूको र सशस्त्र प्रहरीको श्रमदान गरी भवन निर्माण गरिएको समेत गुल्मपती श्रेष्ठले वताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिताराम कार्की,जिल्ला प्रहरी कार्यालय धनकुटका एस पी सुर्दशन प्रसाद कोईराला,बरख गण धनकुटा का मेजर सुरेन्द्र वहादुर कार्की,राष्टिय अनुसन्धान धनकुटका डिएपी सञ्जय मण्डल,नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगाना,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे,नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,धनकुटा नगरपालिका वडा नं. १ का अध्यक्ष निरेन तामाङ्ग,वडा नं. ४ का वडाध्यक्ष जमशेर राई,वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष जंग वहादुर राई, युवा पषिरद्का अध्यक्ष अर्जुन छारा राईलगायतको सहभागिता रहेको थियो ।

यसैगरी धनकुटा उद्योग वाणिज्य संघका उपाध्यक्ष तारा तितुङ्ग, कोषाध्यक्ष रोशेष श्रेष्ठ, कार्यालय सचिव जयन्द्र प्रधान, निगाले सिमेन्टका प्रवन्ध निर्देशक दिनेश पौडेल, नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष मोहन वान्तवा,र्वतमान उपाध्यक्ष नगेन्द्र राई,पत्रकार रमेशचन्द्र अधिकारी,फोनिजका अध्यक्ष सन्तीवर लामा,नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष हिमा चेम्जोंग,प्रेस सेन्टर धनकुटका निर्वतमान अध्यक्ष इश्वर थापा,पत्रकार कोकिला भण्डारी,धनकुटा लेडिज जेसिजका अध्यक्ष प्रमिसा श्रेष्ठ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राई,निर्माण व्यावसायी संघ धनकुटका उपाध्यक्ष प्रकाश राई, बहुमुखी पाठशाला धनकुटाका अध्यक्ष सरोज भूजेल,सचिव सोभित श्रेष्ठ,धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष बिप्लव श्रेष्ठ,दिपन श्रेष्ठ,गोविन्द्र मैनाली,खगेन्द्र खतिवडा,इन्द्र श्रेष्ठ लगायत टोल वस्ती संगठनका अध्यक्षहरू, सहयोगीहरू र बजारबासीहरू लगायत सशस्त्र प्रहरीहरूको समेत उपस्थिति रहेको थियो ।

सोही अवसरमा र,सशस्त्र प्रहरी बल नेपाल १ नम्वर प्रदेश वराह वाहिनी मुख्यालय सुनसरीका वाहिनीपती सशस्त्र प्रहरी नायव महानिरिक्षक नगेन्द्र वहादुर थापाले आज सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हेट क्यावटर छिन्ताङ्ग धनकुटाको परिषरमा एभोकाडोका विरुवा समेत रोप्नु भएको गुल्मपती डिसपी बालकृष्ण श्रेष्ठले वताउनु भयो ।

सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हेट क्यावटर छिन्ताङ्ग धनकुटामा भरखर मात्र २० हजार लिटरको खानेपानीको ट्याकी निर्माण सम्पन्न गरीएको गुल्मपती डिएसपी बालकृष्ण श्रेष्ठले वताउनु भयो ।

कार्यक्रमको संचालन सशस्त्र प्रहरी निरिक्षक जितेन्द्र वस्नेतले गर्नु भएको थियो ।