परं कष्ट कतिवेला हुन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल July 12, 2019

कष्टं च खलु मूर्खत्वं कष्टं च खलु यौवनम् ।
कष्टात् कष्टतरं चैव परगेहनिवासनम् ।। – चाणक्य नीति

मूर्ख हुनु पनि जीवनमा कष्टको वरण गर्नु हो । यसैगरी यौवन अवस्था पनि मानवजीवनका लागि कष्ट हो । यसैगरी कष्टको पनि महाकष्ट भनेको अर्काको घरमा वस्नु हो ।

संसारमा दुःखका थुप्रैकारणमध्ये पनि चाणक्यले तीनवटा कष्टलाई विशेष गरी व्याख्या गरेका छन् । जीवनमा मूर्खत्वको वरण गर्नु पनि कष्ट नै हो । सो भन्दा पनि महाकष्ट भनेको यौवन अवस्थामा परिपाक हुनु हो । यौवनरूपी कष्टलाई पनि चाणक्यले विशेष रूपमा लिएका छन् । यसैगरी महाकष्ट भनेको अर्काको अधीनमा रहेको घरमा बस्नु हो । अरुको घरमा जीवन विताउनु जीवननको महाकष्ट हो भन्ने चाण्क्यको वचन मननीय छ । –नारायणप्रसाद निरौला